गोदावरी नगरपालिकाले सुरु गर्‍यो अवैध संरचना हटाउने काम

कैलाली ! कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारको सडकपेटीमा बनेका अवैध संरचना हटाउने प्रक्रिया थालेको छ। सडकपेटी ओगटेर बनाइएका संरचना हटाउन आज नापजाँचको काम भइरहेको नगरपालिकाले जनाएको छ।
सडकको बीच भागदेखि दुवैतर्फ २५/२५ मिटरभित्र रहेका संरचनाहरु हटाउने भन्दै नगरपालिकाले नाप्ने कार्य गरेको हो। नगरपालिकाले सडकपेटीमा बनेका संरचना हटाउन भन्दै एक हप्ता अगाडि सूचना जारी गरेको थियो। उक्त सूचनाको अवधि सकिएपछि आज नापजाँच गर्ने र भोलिदेखि संरचना हटाउने नगरपालिकाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको ट्रान्जिट प्वाइन्ट मानिने अत्तरियाको सडकमा राखिएका ठेला, छाप्रा र सडकपेटीमा बनेका अवैध संरचनाहरुका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ भने बजार कुरुप समेत बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *