मेयर अधिकारीको नेतृत्वमा टोखा नगरपालिकाले सुरु गर्‍यो अव्यवस्थित तार हटाउने काम

काठमाडौं ! टोखा नगरपालिकाका मेयर अधिकारीले नगरपालिका क्षेत्रमा भएका अव्यवस्थित तारहरु हटाउन शुरु गर्नुभएको छ ।
मेयर अधिकारीले आज नगरपालिकाको सामाखुशी चोकमा भएका अव्यवस्थित तारहरु हटाएर व्यवस्थित बनाउने अभियान शुरु गरिएको बताउनुभएको छ ।
मेयर अधिकारीले केही दिन अघि नैं इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई अव्यवस्थित गर्न निर्देशन दिनुभएको थियो ।
नगरपालिकालाई समृद्ध बनाउने आफ्नो योजना बमोजिम अव्यवस्थित तारहरु हटाउन लागिएको मेयर अधिकारीको भनाई छ ।
मेयर अधिकारीको निर्देशन पछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरु टोखा नगरपालिकामा भएका अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउन लागेका छन् ।
नगरपालिका क्षेत्रभित्र भएका सबै अव्यवस्थित तारहरुलाई हटाएर व्यवस्थित बनाइने नगर प्रमुख अधिकारीले बताउनुभएको छ ।
टोखा नगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई नगरपालिकाको टिशर्ट, ग्लोब्स र तार काट्ने मेशिन पनि बितरण गरेको टोखा नगरपालिकाका सूचना प्रबिधि अधिकृत बसन्त पाठकले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *