कैलारी गाउँपालिकाले सार्वजनिक गर्‍यो आफ्ना १०० दिनका उपलब्धिहरु

धनगढी ! कैलालीको कैलारी गाउँपालिकाले १०० दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत बैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न पश्चात निर्वाचित भई कार्यभर सम्हालेको १०० दिनको उलब्धी मंगलबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी उपलब्धी विवरण सार्वजनिक गर्दै मालपोत समायोजन देखि लिएर रक्त संचार केन्द्रसँगको सहकार्यमा कैलारी गाउँपालिकाका बासीहरुलाई निःशुल्क रगतको उपलब्ध गराउनेसम्म रहेको बताए ।

उपलब्धी विवरणमा आ।व। २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम तर्जुमा, मालपोत दरमा समायोजन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स गाउँपालिका बाहिर जिल्ला भित्र जन्मदर्ता प्रोत्साहन कार्यक्रम संचालन, नदी नियन्त्रण तथा तटबन्धनका कार्यक्रम संचालन, पुलहरुको मर्मत सम्भार, कैलारी गाउँपालिकाका सडकहरुको मर्मत सम्भार लक्कड, बन्दरगौह्री तथा सिमरानाको झो।पु। निमार्ण सम्पन्न गरेको छ ।

त्यस्तै गा.पा. का समन्वयमा शिवरत्नपुरमा राहत वितरण, पशु स्वास्थ्य शिविर संचालन, धानवालीको राहत वितरणका लागि समन्वय तथा सहजीकरण, वडा नं। ६ र ९ का कृषकह समूहलाई कृषि कार्यका लागि २५ ÷ २५ लाख अनुदान, पकेट कार्यक्रम संचालनका लागि वडा छनौट, संचालित कार्यक्रमहरुको संघन अनुगमन, मेडपा कार्यक्रम अन्तंगत लक्षित वर्गलाई तालिम संचालन गरिएको उपलब्धी उहाँले सार्वजनिक गरे ।

गाउँपालिकाबाट मेडपा कार्यक्रम अन्तरगत लक्षित वर्गलाई बाख्रा तथा सामाग्री वितरण, सामाजिक सुरक्षा भत्ता वडाबाट वितरणको शुरुवात गरिएको छ । जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जानु पर्ने बाध्यता थियो अहिले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता पाउदा खुशी भएका छन ।

सामाजिक सुरक्षा भत्ताको अध्यावधिक तथा नविकरण, कार्यालयको रंगरोगन तथा विद्युतीय उपकरण खरिद, वडा नं १ वडा कार्यालय भवन निर्माण प्रकृयामा आएको छ । ऐन, नियम, निर्देशिका तथा कार्यविधि निर्माण, घाटको ठेक्का व्यवस्थापन, नदी जन्य पदार्थ उत्खनको ठेक्का व्यवस्थापन, पुन प्रयोग हुने पदार्थ ९कवादी० को ठेक्का व्यवस्थापन, विद्युत काउण्टर स्थापनाका लागि समन्वय, मिनि रंगशाला तथा विपि पार्क डिपिआर निर्माण, बाल क्लव तथा सञ्जाल गठन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण, विद्यालयको संघन अनुगमन, विद्यालय भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तगत भवन माग, विद्यालय कर्मचारीको व्यवस्थापन, विद्यालय अनुदान व्यवस्थापनका लागि कार्यदल गठन, संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा थप बजेट तथा कार्यक्रमको सुनिश्चिता गरिएको छ ।

त्यस्तै १५ सैयाको अस्पताल निमार्णका लागि सम्झौता तथा योजना कार्यान्वयन प्रकृयामा, स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्य शिविर संचालन, धनगढी नेत्रालयसंगको सहकार्यमा आँखा शिविर संचालन, विपतपुरका आगलागी पिडितको घर निमार्णका लागि समन्वय ९२२ वटा घर०, विपतपुरका आललागी पिडितलाई निःशुल्क विद्युत मिटर जडान, गा।पा।को समन्वयमा विपतपुरमा राहत वितरण ९नगद तथा जिन्सी०, शिवरत्नपुरको पुनस्र्थापनाका लागि समन्वय गरिएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए ।

गा।पा। को समन्वयमा १५४ जना विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण, एफएओसंग कार्यक्रम संचालन सम्झौता, वडा छनौट, एफएओसंग सहकार्यमा १५५० घरघरीलाई हिउदे तरकारीको बिउ वितरण, एफएओसंग सहकार्यमा जडान गरीने ३० वटा सिचाई टुवेलका लागि स्थान छनौट गरिएको छ ।

सहास नेपालको कार्यक्रम छनौटका लागि वडा छनौट, निर्वाचित पदाधिकारीहरुलाई अभिमुखीकरण विभिन्न तालिम गोष्ठीमा सहभागी, विपन्न तथा विपद पिडितलाई राहत वितरण, कन्ट्रोल प्वाईन्ट स्थापनाका लागि ६ वडामा स्थान पहिचान प्रारम्भिक कार्य, विकास साझेदार तथा सरोकारवालासंग समन्वय तथा सहकार्य गरिएको छ ।
त्यसैगरी उलब्धीमा विभिन्न अभियान संचालन, बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई, भु–उपयोग नीति कार्यान्वयनका लागि भूमिको वर्गिकरण, १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि खेलकदका कार्यक्रमको आयोजना, विभिन्न समिति तथा कार्यदलको गठन तथा परिचालन, अनुग्रह चर्चको भवन निमार्ण सम्पन्न र रक्तसंचार केन्द्रसंगको सहकार्यमा कैलारी गाउँपालिकाका वासीलाई निःशुल्क रगतको उपलब्धता गराएको छ ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरी गाउँपालिकाबासीको हकहित सेवा प्रवाह र समग्र कैलारीको दिगो विकासका लागि सदैव चिन्तनशिल, प्रयन्तशिल रहने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै उहाँले गाउँपालिकाको गतिविधि त्रैमासिक रुपमा सार्वजनिक गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी मालपोत दरमा समायोजन गर्दा गाउँपालिकाका स्थानीय खुशी भएको बताउनु भयो । उहाँले भन्नु भयो, कैलारी गाउँपालिका बाढी, डुबानको समस्या भोगि रहेको छ । किसानको खेतीपति बाढीले बगाउदा उनीहरु मारमा परेका छन । पालिकाबाट आब बर्गिकरण गरेर मालमोत लिने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर गाउँपालिकाले तीन महिनाका समयमा धेरै प्रगति गरेको बताउनु भयो । गाउँपालिकाले १०० दिनको उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *