वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकार बीच भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि सम्झौता सम्पन्न

काठमाडौं ! वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकार बीच भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि आायोजन संचालन सहभागिता संबंधित सम्झौता भएको छ ।

बिहीबार खानेपानी मन्त्रालय सचिव मणिराम गेलाल र प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालय का सचिव देवराज निरौला को रोहवरमा नगर प्रमुख मोहनमाया ढकाल र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । साथै साक्षिमा उपत्यका खानेपानी योजनाका अध्यक्ष कुलमणी देवकोटा र वीरेन्द्रनगरका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले हस्ताक्षर गर्नुभएको छ ।

यो योजनाले वीरेन्द्रनगरको खानेपानी समस्याको समाधान गर्ने भएकोले देशकै वृहत् खानेपानी आयोजना अन्तरगत रहेको यो योजना सम्पन्न गर्न सम्पूर्ण नगरवासिको सहयोगको अपेक्षा रहने वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *