शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु भएको छ । चालु आर्थिक बर्ष भदौँ पहिलो सातादेखि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु भएको हो ।

क्षेत्रीय शहरी विकास आयोजना (आरयूडिपी)ले शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रको कुकाठ क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिनेछ । शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्टले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि कार्य अघि बढाएको बताए ।

निर्माण कम्पनीसंग सम्झौता भईसकेपछि सो क्षेत्रमा पर्ने रुख हटाउनका लागि डिभिजन वन कार्यालय पत्राचार गरिनको बताए । ‘निर्माण स्थलमा रहेका रुख हटाउनका लागि नगरपालिकाबाट वनमा पत्राचार भईसकेको छ, ‘उनले भने, ‘छपान शुरु भएपछि कामकाम अघि बढ्छ ।’

सामुदायिक वनले समेत काममा लागि सहमती भएको बताउदै प्रमुख प्रशासकीय अधिकृत भट्टले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्झौता अनुरुप गराउने बताए । शुक्लाफाँटा नगरपालिका ईन्जिनियर दिपक धामीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रमन केएस जेभीले २७ करोड लगातमा २० महिनाभित्रै केन्द्र निर्माणको जिम्मा पाएको बताए ।

ईन्जिनियर धामीले झण्डै ५ हेक्टर जमिन क्षेत्रफलमा विभिन्न संरचना निर्माण हुनेछन । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले आइतबार सर्वदलिय, सर्वपक्षीय बैठक आब्हान गरेर एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सबै क्षेत्रबाट प्रतिबद्धता आएको बताए ।

‘हाम्रो नगरभित्रबाट निस्किने फोहोर एक ठाँउमा बिर्सजन गर्नका लागि केन्द्र निर्माण कार्य अघि बढिसकेको छ, ‘उनले भने, ‘अब कामकाज समेत अघि बढ्नेछ ।’ ८२८रुख हटाउनका लागि वनबाट छपान भएसंगै निर्माण कार्यले थप गति लिने बताए । ‘यो हाम्रो चुनावी एजेण्डा पनि थियो, ‘मेयर महराले भने, ‘फोहोरमैला केन्द्रको काम अघि बढेपछि जनता खुसी भएका छन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *