घोडाघोडीका नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई सेवा प्रवाहका विषयमा अभिमुखीकरण

कैलाली ! कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीय तहमा सङ्घीयता कार्यान्वयन सहजीकरण सम्बन्धी जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण तालिम दिएको छ । सरकार सञ्चालन, कार्य सम्पादनका सन्दर्भमा सङ्घीय मालिका तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव र उप सचिवले जानकारी दिएका थिए ।

 

स्थानीय सरकार सञ्चालन, सुशासन र वित्तीय अनुशासन, वित्तीय अधिकार र क्षेत्र, सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वय, स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको संवेदनशीलता, वित्तीय साक्षरता र बैङ्किङ प्रणाली व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता र प्रक्रिया, न्यायिक समितिको अधिकार क्षेत्र, ऐन नियम नियमावली र कार्यविधिहरू, सेवा प्रवाह र संयन्त्रहरू लगायतको विषयमा प्रशिक्षण गराइएको थियो ।

 

कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावतले कार्यक्रम एक दमै प्रभावकारी र जानकारी मूलक भएको बताए ।  किताब अध्ययन भन्दा प्रत्यक्ष रूपमा सहभागी भएर अध्यास गर्दा धेरै कुरा सिकाई हुने उनले बताएका छन् । यो कार्यक्रमले नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीलाई धेरै कुराको सिकाई भएको नगर प्रमुख रावतको भनाई छ ।

बजेट निर्माण, योजना छनौट, योजना अनुगमन, कार्यान्वयन तथा भुक्तानी लगायतका विषयमा छलफल गरिएको थियो ।  यो कार्यक्रम एक दमै प्रभावकारी र उपलब्धिमूलक रहेको नगर उप प्रमुख गुलिया कुमारी चौधरीको भनाई थियो । नगरपालिका सुशासन तर्फ डोर्यार लैजाने उनको धारण रहेको थियो ।

 

यो अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीको काम, कर्तव्य, अधिकारको बारेमा प्रस्ट हुने र उनिहरुलाई उत्प्रेरण सृजना गर्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यको भनाई थियो । घोडाघोडी नगरपालिकाको आयोजना र सङ्घीय मालिका तथा सामान्य प्रशासन मन्त्रालयको सहरीकरणमा नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम दिइएको छ ।

 

सामान्य प्रशासन मन्त्रालय सह सचिव वसन्त अधिकारीले स्थानीय तहको प्रथम कार्यकालका उपलब्धि, लिजा र कार्य सम्पादनमा सकारात्मक सोचको आवश्यकताको बारेमा सहभागीहरूलाई जानकारी दिनु भएको थियो । त्यसै गरी मन्त्रालयका उप सचिव तुल्सी राम अर्यालले सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वय, स्थानीय तहमा लैङ्गिक समानता, ऐन नियम नियमावली र कार्यविधिहरू, सेवा प्रवाह र संयन्त्रहरू लगायतको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरू,वडा सचिव, शाखा प्रमुख लगायत बिभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *