शुक्लाफाँटामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम सुरु

कंचनपुर ! शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख कटानका लागी छपान कार्य शुरु भएको छ । लामो समयबाट फोहरमैला व्यवस्थापन स्थालको कार्य अघि बढन नसकेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छिट्टै रुख काट्ने काम अघि बढेको शुक्लाफाँटा सव डिभिजन वन कार्यालय झलारीले जनाएको छ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने वडा नम्बर ११ स्थित कृष्ण सामुदायिक वनमा रहेका रुख कटानीको लागी छपान गर्ने कार्य सुरु हुने सव डिभिजन वन कार्यलयका प्रमुख दुर्गेश धामीले बताएका छन् । सव डिभिजन कार्यलयका प्रमुख धामीका अनुसार कृष्ण सामुदायिक वनको पाँच हेक्टर क्षेत्रमा  निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको लागि यसै साताबाट रुख छपान र कटान कार्य हुने छ ।

 

शुक्लाफाँटामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाख २३ गते क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ ररमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो । बीस महिनाभित्र उक्त केन्द्र निर्माण गरिसक्नेगरी ठेक्का सम्झौता भएकोमा निर्धारित समय भित्रै केन्द्र निर्माण हुने बताइएको छ ।

नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले निकै चर्चा पाए पनि निर्माण हुन नसकेकोमा अब भने छिट्टै नै निर्माण हुने बताए ।  ठेक्का प्रक्रिया अगाडि बढिसकेकोले वातावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुने नगर प्रमुख महराको भनाई छ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुइना(सिन्दुरे) दाउरा प्रजातिका ८ सय २५ वटा रुखहरु कटान गरिने बताइएको छ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा करिब ढाई किलोमिटर रोड निर्माण हुने परियोजनाका इन्जिनीयर अमित यादवले बताए ।

 

एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी तिनवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ ।क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका गरी तिनवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको छ । भिमदत्त नगरपालिकाले जग्गा व्यावस्थापनको कार्य गर्न नसक्दा फोहरमैला व्यवस्थापनको कार्य अलपत्र परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *