घोडाघोडी-२ मा भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

कैलाली ! कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण एव सुशासन प्रवर्द्धनको लागी सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन, भ्रष्टाचारको कारण, असर, भ्रष्टाचार नियन्त्रण सम्बन्धमा जानकारी दिइएको थियो ।

विधिको शासन, गुणस्तरीय जीवन र दिगो विकास भ्रष्टाचार नियन्त्रणको आवश्यकता भएको कार्यालयका उप सचिव भूमिनन्द खनालले बताए । लागत ईस्टिमेट तयार पार्ने, बजेट टुक्र्याएर खरिद, आवश्यकता भन्दा धेरै सामाग्रीहरू खरिद गर्ने, उपभोक्ता समिति सम्बन्धी कार्यविधि पालना नहुने, अपारदर्शी तरीकारले कार्यक्रम सञ्चालन गर्ने इत्यादिले गर्दा स्थानीय तहमा बढी भ्रष्टाचार भइरहेको उहाँले जानकारी दिनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रमुख राम बहादुर कुरूम्वाङले भ्रष्ट्राचारले अर्थव्यवस्थालाई तहसनहस पार्ने भएकोले अहिलेको मुख्य चुनौती नै यसको नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए । अहिले स्थानीय तहमा अधिकारी प्रत्यायोजन भएकाले भ्रष्ट्राचार नियन्त्रणको अभिभारा पनि स्थानीय सरकार माथि आएको राम बहादुर कुरूम्वाङले उल्लेख गर्नुभयो ।

भ्रष्ट्राचार माथिको उजुरीको क्रम प्रत्येक वर्ष बढ्दै गएको भन्दै उनको भनाई थियो । विभिन्न श्रव्य दृश्य सामाग्री मार्फत भ्रष्ट्राचार नियन्त्रणका लागी सबै सरोकारवालाको उतिकै दायित्व रहेको प्रस्ट पार्नु भयो । भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने नगर प्रमुख खडक बहादुर रावतको भनाई थियो ।

कार्यालय बाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनीकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । अन्तरक्रियाका कार्यक्रमको खुल्ला सत्रमा उठेका प्रश्नको जबाफ कार्यालयका उप सचिव भूमिनन्द खनालले दिएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विद्यालय, समुदायीक वन, सरकारी तथा गैर सरकारी संस्था, उपभोक्ता समितिका प्रतिनिधि, सुरक्षा निकाय लगायत विषयगत शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *