वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक गर्यो लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति

काठमाडौं ! वीरेन्द्रनगर नगरपालिका सुर्खेतले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ निर्माण गरेको छ । महिला तथा सिमान्तकृत समुदायको सशक्तिकरणको लागि नीति निर्माण गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायतका कानुनी व्यवस्था अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरिएको हो ।

स्थानीय सरकार गठन भएको करिब ६ वर्ष पुग्नै लाग्दा वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरेको छ ।

नगरपालिकाले निर्माण गरेको नीति कार्यान्वयनका लागि पाँच वर्षे रणनीतिक योजना समेत निर्माण गरिएको छ । महिला तथा सिमान्तकृत समुदायको उत्थानका लागि पाँच वर्ष सम्म विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिने योजनामा उल्लेख छ ।

आगामी पाँच वर्षमा हिंसामुक्त नगर निर्माण गर्ने योजना वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । जसका लागि पाँच वर्षसम्म विभिन्न चेतनामुलक कार्यक्रम,अभियान, बहस,रोजगारी सृर्जना लगायतका कार्यक्रमहरु गरि हिंसामुक्त नगर निर्माणको योजना बनाइएको हो । जसका लागि आवश्यक बजेट व्यवस्थापन तथा कार्यजिम्मेवारी समेत तोकिएको छ ।

हरेक वर्ष नीति कार्यक्रम तथा बजेट निर्माणका क्रममा सामाजिक क्षेत्रलाई उल्लेख्य रुपमा समेट्ने उद्देश्य नीतिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *