मेचीनगर नगरपालिकाले सार्वजनिक गर्‍यो बार्षिक बजेट पुस्तिका

काठमाडौं ! मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ ।

असार १० गते बसेको दोस्रो नगरसभाको पहिलो बैठकमा नगरकी उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको आव २०७९/०८० को बजेट असार २३ गते बसेको दोस्रो बैठकले संशोधनसहित अनुमोदन गरेको थियो ।

नगरप्रमुख बुढाथोकीले आम नगरबासीले बजेट बारे थाहा पाउन् भनेर पुस्तिका सार्वजनिक गरिएको बताउनु भयो ।

नगरपालिकाले आव २०७९/०८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ पैसा बराबरको बजेट अनुमोदन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *