कैलालीको सुखड चोकमा हाई मास्ट ‘बत्ती’ जडान

कैलाली ! कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोक स्थित भारी प्रकाश सहितको बत्ती(हाई मास्ट)जडान गरिएको छ । १५ मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित ८ वटा लाइट एक साथ झलमल बालिएको छ । उक्त हाई मास्ट बत्तीको साँझ बिहीबार नगरपालिका नगर प्रमुख खडक बहादुर रावले रिबन काटेर र स्विच अन गरेर उद्घाटन गरेका गरेका थिए ।
नगर प्रमुख रावतले हाई मास्टको सफल प्रयोगपछि थप बजार क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास दिलाए । अहिले हामीले परीक्षणका लागी सुखड चोकमा हाई मास्ट राखेको बताउँदै नगर प्रमुख रावतले अझै ३ ठाउँमा राख्ने कुरा भएको उनले बताएका छन् । यस्तो बत्ती राख्दा दुर्घटना पनि कम हुने र बजारको  शोभा दिने हुँदा अन्य साडेपानी, घोडाघोडी मन्दिर क्षेत्र र पहलमानपुर बजार चोकमा बत्ती जडान गर्ने उनले जानकारी दिए ।
उज्यालो बजार अभियान अन्तर्गत मुख्य बजार क्षेत्रका चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरीएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाण्डौँको १० लाख र घोडाघोडी नगरपालिको ४ लाख ६१ हजार गरी जम्मा १४ लाख ६१ हजार रुपैयाँमा काठमाडौँ इनर्जी प्रालिले ठेक्का मार्फत सो बत्ती जडान गरेको हो ।
हाई मास्ट बत्ती उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझा, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही, वडा नम्बर ९ का वडा अध्यक्ष हरिस चन्द्र शाह, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य,नगरपालिका कर्मचारी,व्यापारी लगायत स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *