बाँसगढी नगरपालिकाले लगायो प्लाष्टिकजन्य वस्तु प्रयोगमा रोक

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाले नगरमा हुने कार्यक्रमहरूमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाएको छ ।

बाँसगढी नगरपालिकाका नगरप्रमुख (मेयर) खड्क बहादुर खड्काले उद्योगी व्यापारी, बैंक तथा वित्तिय संस्था लगायत सम्पूर्ण प्रवासीहरूलाई सम्बोधन गर्दै जारी गरेको सूचनामा नगरभित्र गरिने कार्यक्रमहरूमा प्लाष्टिकजन्य वस्तुको प्रयोग नगर्न निर्देशन दिइएको छ ।

उद्योगी व्यापारी, बैंक तथा वित्तिय संस्था लगायत सम्पूर्ण नगरवासीहरूमा सम्बोधन गर्दै सूचनामा लेखिएको छ, “नगरपालिका अन्तर्गतका सबै कार्यालय निकायहरूले आयोजना गर्ने विभिन्न सभा, समारोह, गोष्ठी, सेमिनार आदिमा अतिथि सत्कारका लागि प्रयोग गरिँदै आएको खादा, प्लास्टिकजन्य झोला, प्लास्टिकजन्य माला आदिलाई निरुत्साहित गर्नआवश्यक भएको सन्दर्भमा लुम्बिनी प्रदेश सरकार तथा यस नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा समेत प्लाष्टिकजन्य झोला, माला तथा खादाको प्रयोगलाई निरुत्साहित गर्ने भन्ने उल्लेख भए बमोजिम अब उप्रान्त देखि प्लाष्टिकजन्य झोला, प्लाष्टिकजन्य माला तथा खादाको प्रयोग नगर्ने तथा नगराउने कार्य गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *