घोडाघोडी नगरपालिकाले वडा वाटै सुरु गर्‍यो सामाजिक सुरक्षा भत्ता वितरण कार्य

कैलाली ! कैलालीको घोडाघोडी नगरपालिकाकाले वडा वाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कामको सुरुवात गरेको छ । बुधवार वडा नम्बर ४ को माधी गाउँ बाट नगर प्रमुख,उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
बैङ्क बाट वितरण हुँदा झन्झटिलो हुने र जेष्ट तथा अपाङ्गता भएका नागरिकहरूले दुख पाउन थाले पछि नगरपालिकाले वडा बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने काम सुरु गरेको हो । स्थानीय तहको चुनावको बेला बोलेका प्रतिबद्धता क्रमिक रूपमा पुरा गर्दै गएको घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले बताएका छन् ।
बैङ्कमा पुगेर रकम झिक्न झन्झटिलो हुने हुँदा त्यो दुखलाई अनुभूति गर्दे आफूहरूले सामाजिक सुरक्षा भत्ता गाउँघर बाट वितरण गर्न खोजेको नगर प्रमुख रावतले बताए । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रिया अझ सहज र सजिलो बनाइने रावतको भनाई थियो । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी पाएका बैङ्कहरूले यसरी नै गाउँ गाउँमा गएर वितरण गर्ने प्रक्रियालाई सहज गरिदिन उनले अनुरोध समेत गरेका छन् ।
दुर दराजका व्यक्तिहरू भत्ता लिन बैङ्क सम्म पुग्नु पर्ने र बैङ्कमा पुगेर रकम लिन उनीहरूलाई कठिन हुने भएकाले गाउँमा नै बोलाएर रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत,घोडाघोडी नगरपालिका दीपक कुमार आचार्य ले बताएका छन् । वृद्ध वृद्धा, एकल महिला, जेष्ट तथा अपाङ्गता भएका व्यक्तिहरू भत्ता वितरण गरिएको थियो ।
पालिकाले बैङ्क सँग समन्वय गरेर कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । एन.एम.बि बैङ्कका कर्मचारीले जनप्रतिनिधि र सुरक्षा निकायको रोहबरमा गाउँमै पुगेर भत्ता वितरण गरेका हुन । गाउँ घरमै सामाजिक सुरक्षा भत्ता बुन्न पाउँदा भत्ता बुझ्ने व्यक्तिहरू सुखी देखिएका थिए । अब प्रत्येक वडा वडामा यसरी नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी पाएका बैङ्कहरूले भत्ता वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *