धनगढी उपमहानगरकी उपमेयर रानाद्वारा बजार क्षेत्रमा छड्के अनुगमन

कैलाली । धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले बजार अनुगमनलाई तीब्रता दिएकी छन् । उपमेयरले मुख्य बजार क्षेत्रमा होटल, डेरी तथा किराना पसलमा अनुगमन गरेकी छन । निड्स नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा उपमहमनगरपालिकाले आइतबार धनगढीको बसर्पाक क्षेत्रमा अनुगनमन गरिएको हो ।

अनुगमनका क्रममा महाबिर भोजनालयले बाल श्रमिक प्रयोग गरेर काम गराएको पाईएपछि सचेत गराइएको छ । उपमेयर कन्दकला रानाले भोजनालयका सञ्चालकलाई कानूनत: बाल श्रमिकको प्रयोग गर्न नपाइने बताउँदै बालबालिकालाई काममा नलगाउन आग्रह गरिन् । रानाको आग्रहपछि भोजनालयका सञ्चालकले अनुगमन टोली समक्ष निज बालकलाई कामबाट हटाएर गल्ती सच्याउने प्रतिबद्धता जनाएका छन् ।

उपमहानगरपालिकाको अनुगमन शाखाका प्रमुख योगेन्द्रबहादुर चन्दकाअनुसार महाबिर भोजनालयले भारतीय मूलका बालकलाई श्रमिकका रुपमा प्रयोग गरेको पाइएपछि सचेत गराइएको हो । अनुगमनका क्रममा उपमेयर रानाले महिला कामदारको हकमा होटल सञ्चालकलाई उनीहरुलाई शान्ति, सुरक्षाको प्रत्याभूती दिलाउन समेत आग्रह गरेकी छन् ।

अनुगमन शाखाका प्रमुख चन्दकाअनुसार बसपार्कमा रहेको देउवा किराना पसलबाट भारतीय अवैध रुपमा आयात गरिएको दुई प्याकेट सुपर पावर र कमला पसन्ध नामक सुर्ती, म्याद नाघेको एक प्याकेट चकलेट लगायतका सामाग्री समेत बरामद गरिएको छ । सो क्रममा होटलहरुले बाल श्रमिक प्रयोग गरेको, कामदारलाई न्यून ज्याला दिइएको, मूल्य सूची नराखिएको, म्याद नाघेका सामाग्री बिक्रिका लागि राखेको पाइएको बताउँदै पहिलो पटक त्यस्ता पसल सञ्चालकलाई सचेत गराइएको अनुगमन शाखाका प्रमुख चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *