दोधारा चाँदनी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता टोल-टोलबाट वितरण गर्ने

कंचनपुर ! दोधारा चाँदनी नगरपालिकाले अबदेखि सामाजिक सुरक्षा भत्ता नगरको टोल टोलबाट वितरण गर्ने भएको छ। यस् अघि बैंक मार्फत गरिरहदा दिनभर लाइन बस्नुपर्ने र वृद्ध-वृद्वा हरुबाट यसबारे गुनासाहरु आएकोले यसको सहजीकरणको लागि नवनिर्वाचित मेयर लिम्बूले नगरबासीको सहजीकरणको लागि छलफल अघि बढाउनु भएको हो।

आज नगरपालिकाको कार्यालयमा मेयर लिम्बू र बैंकका प्रतिनिधिहरुसँगको छलफल पछि बैंकसंग गर्नु पर्ने सम्पूर्ण आवश्यक प्रक्रिया र सहकार्य भैसकेकाले अब वितरण हुने सामाजिक सुरक्षा भत्ता टाेल-टाेलमा गएर वितरण गरिने मेयर लिम्बूको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *