मेयर लिम्बूको सचिवालयद्वारा नगरबासीलाई आह्वान : नगरको सेवा प्रवाहमा कमजोरी भए सुझाव दिनु

कंचनपुर ! दोधारा चाँदनी नगरपालिकाले नगरका जनतालाई प्रवाह गर्दै गरेको सेवा प्रवाह प्रति कुनै जनगुनासो लगायतका सल्लाह सुझावका लागि आफ्ना सुझावहरु दिन आह्वान गरेको छ। आज मेयर किशोर लिम्बूको फेसबुक सचिवालय पेजबाट उक्त आह्वान गरिएको हो।

नगरपालिकामा देखिएका समस्या र समाधानका लागि नगरपालिका सदैव तत्पर रहेको उक्त आह्वानमा उल्लेख गरिएको छ। जनगुनासो,सल्लाह-सुझावका लागि नगरका मेयर किशोर लिम्बूको स्वयं आफ्नै मोबाइल नम्बर तथा नगरपालिकाको इमेल,वेबसाइट उपलब्ध गराउनुका साथै लिम्बूका स्वकिय सचिव चन्द्र प्रकाश खत्रीको पनि सम्पर्क नम्बर सहित कुनैपनि समयमा सम्पर्क गर्न भनिएको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि दोधारा चाँदनी नगरपालिकाले जनतालाई आवस्यक पर्ने सेवाहरु धमाधम उपलब्ध गराउन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *