नगर प्रमुख रामलाल डगौरा थारुद्वारा टीकापुर बसपार्कको उद्घाटन

कैलाली ! आज एक कार्यक्रमका बिच टीकापुर बसपार्क उद्घाटन गरिएको छ। बसपार्कको उद्घाटन टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले गरेका हुन्। २०७७ भदौ ३ गते निर्माण कम्पनी राजेन्द्र रोयल जेभीले निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई धनगढी कार्यालयमार्फत बसपार्क निर्माण भएको थियो। दुई चरणगरी निर्माण भएको बसपार्कमा झण्डै १५ करोड लागत लागेको हो। बसपार्कको उद्घाटन गर्दै टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले अब अव्यवस्थित पार्किङका कारण हुने सडक दुर्घटनाहरुमा कमी आउने विश्वास व्यक्त गरे।

‘नगरपालिकाले टेण्डर प्रक्रिया पूरा गरेर बसपार्क सञ्चालनमा ल्याएका छौं’ प्रमुख थारुले भने ‘अब अरु ठाउँहरु पनि व्यवस्थित गर्दै जानेछौं।’ आगामी तीन वर्षका लागि बसपार्कको व्यवस्थापनका जिम्मा अमिक्षा कन्ट्रक्सन टीकापुरलाई ५५ लाख ३८ हजार २ सय ५५ रुपैयाँमा दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *