दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दगाहको भारतीय दुतावासले गर्यो अनुगमन

कञ्चनपुर । कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा नम्बर १ मा निर्माण हुन गइरहेको सुक्खा बन्दरगाहको अनुगमनको गरीएको छ । मंगलबार भारतीय राजदुतावासका सह सचिव प्रशान्त कुमार सोनी , इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र मोहन शाहि , दोधारा चादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु संगै स्थानिय तहका जनप्रतिनिधिले दोधारा चादनीमा निर्माण हुने सुक्खा बन्दरगाहको अनुगमन गरेका हुन ।

भारत र नेपाल सरकारबीच पश्चिमी सीमा नाकामा सुक्खा बन्दरगाह निर्माण गरी दुवै देशको एकीकृत भन्सार बनाउने र नेपाल भारत चीनसँगको व्यापारको त्रिदेशीय नाका बनाउने सहमति भइसकेको छ । सोहि सहमती अनुसार भारतले समेत अहिले गुरुयोजन बनाएर उसले पनि बाताबरण प्रभाव मुल्याकंनको लागि फाइल माथि पठाएको बाताबरण प्रभाव मुल्याकंनको स्वकृत भने अहिले सम्म पाएको छैन ।

वि.सं २०६४ सालमा दोधारा चादनीमा सुक्खा बन्दरगाह निर्माण गरीने प्रस्ताव अघि सारेपनि हाल सम्म भने गुरुयोजना कार्य सकीएर वाताबरण प्रभाव मुल्याकंनको कार्य भइरहेको इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र मोहन शाहिले बताउनु भएको छ ।

बाईट १ हेमेन्द्र मोहन शाहि ( निर्देशक इन्टरमोडल यातायात विकास समिति ) उनले भने इ आइ ए को फाइल उद्योग बाणीज्य मन्त्रालयमा पुगेको छ र त्यसपछि वन तथा वाताबरण मन्त्रालयमा जाने इ आइ ए को रिपोर्ट आएपछि मात्रै ठेक्का सम्झौताको कार्य अगाडी बढ्ने इन्टरमोडल यातायात विकास समितिका निर्देशक शाहिले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *