दोधारा चाँदनी भित्र छाडा चौपया व्यवस्थापनको कार्य सुरु

कंचनपुर । दोधारा चाँदनी नगरपालिकाले वडा नम्बर ४ र ५ छाडा चौपया राख्ने कार्य सुरु गरेको छ ।
बिहिवार देखि नगरपालिकाको वडा नम्बर ४ को सार्वजनिक जमिन र वडा नम्बर ५ को इन्द्रावती बनमा तारबारको कार्य सम्पन्न भएकाले उक्त दुइ ठाउँमा छाडा चौपया राख्ने कार्य सुरु गरिएको हो ।
दोधारा चाँदनीमा छाडा चौपया व्यवस्थापन त्यहाँको ठुलो समस्या भएकाले त्यसको व्यवस्थापन हाम्रो लागि सबै भन्दा ठुलो चुनौती रहेको र यसको व्यवस्थापनको हामीले नगर भित्र रहेका सामुदायिक बन तथा सार्वजनिक जमिनमा काञ्जी खोर हरु निर्माण गरी छाडा चौपया व्यवस्थापनको कार्य अगाडी बढाएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनु भएको छ ।

मेयर लिम्बुले भने-‘अहिले वडा नम्बर ४ र ५ को वडामा हामिले घेरबार गरी छाडा चौपया राख्ने कार्य सुरु गरेपनि अन्य वडामा समेत काञ्जी खोर निर्माणको कार्य भइरहेकोले अन्य वडामा समेत छिटो भन्दा छिटो छाडा चौपया ब्यवस्थापनको लागि पहल भइरहेको छ।’
त्यसैगरी छाडा चौपया ब्यवस्थापन दोधारा चाँदनी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु. २० लाख रुपया छुट्टाएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *