बूढानीलकण्ठ नगरपालिकामा उपत्यकाकै पहिलो ‘वृत्ति परामर्श तथा रोजगार मेला’ आयोजना

काठमाडौं ! बूढानीलकण्ठ नगरपालिकामा एकदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न भएको छ ।

श्री महाँकाल जनजागृत म.वि. मा आयोजना भएको मेलामा युवा तथा विद्यार्थीहरुलाई रोजगारी वृत्ति विकासको परामर्श सेवा प्रदान गरिएको थियो । वृत्ति विकास गर्न ईच्छुक विद्यार्थिहरु लगायत रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सकिने मेलामा १५६० जनाले उपस्थिति दर्ता गराएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यस मेला काठमाडौं उपत्यकामा नै पहिलो पटक आयोजना भएको हो ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा महाशाखाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग र “ग्रोथ सेलर्स(Growth Sellers)” को समन्वयमा भएको कार्यक्रममा बूढानीलकण्ठका ५७० जना विद्यार्थिहरुले प्रत्यक्ष परामर्श लिएका छन् ।
मेलाको नगरप्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, १३ वटै वडाका अध्यक्ष\सदस्य, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिका शिक्षा महाशाखा प्रमुख, नगरपालिका विभिन्न महाशाखा\शाखा कर्मचारी लगायत ENSSURE परियोजनका प्रतिनिधिहरु, Growth Sellers र विभिन्न विद्यालयला प्रधानाध्यापक तथा विद्यार्थीहरुको उपस्थितिमा समुद्घाटन गरिएको थियो ।

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जनकारी दिनुका साथै सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे पनि जानकारी दिईएको थियो । रोजगारदाताहरुसँग प्रत्यक्ष सम्पर्क गराई निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारी समेत दिएको थियो । यसले रोजगारीको अवसर प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।

उद्योग, व्यवसाय तथा अन्यक्षेत्रका रोजगारदाताहरुको पनि प्रतिनिधित्व रहेको मेलामा १० वटा रोजगारदाता कम्पनिहरुका स्टल थिए भने, १० वटा विद्यालय, नेपाल बैंक लिमिटेड, DCAN आर्मि भर्ति तयारी संस्था, समाजिक विकास मंत्रालय, चाईनिज भाषा प्रशीक्षण संस्था, बूढानीलकण्ठ नगरपालिका उद्योग तथा पर्यटन शाखा, ENSSURE प्रतिनिधि लगायत ईन्जिनियरिङ परामर्शकर्ताहरुको संलग्नता थियो ।
नगर प्रमुख मिठाराम अधिकारीले विद्यार्थिहरुको भविष्यमा कोषेढुङ्गा सावित हुने यस मेला आयोजना गर्नु भएकोमा आयोजक समुलाई धन्यबाद दिँदै स्थानीय जनशक्तिलाई स्थानीय स्तरमानै रोजगारी उपलब्ध गराउनका लागि नगरपालिकाले विभिन्न परियोजनाहरु नगरको नीति तथा कार्यक्रममा रहेको जानकारी दिनु भयो ।  मेलामा आउनुभएका विभिन्न क्षेत्रका परामर्शकर्ताहरुलाई विद्यार्थिहरुलाई आगामिदिनहरुमा पनि मार्गदर्शन प्रदान गरिदिनुहुन समेत अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख अनितालामाले “अध्ययनपछि स्वदेशमा अवसरहरु नखोजी दक्ष जनशक्ति विदेश पलायन भईरहेको अवस्थामा यस्ता वृत्ति परामर्श तथा रोजगार मेलाले रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने र युवाशक्तिले मातृभुमिमै उचित मार्गदर्शन पाए स्वदेशि रोजगार तथा उत्पादन वृद्धि हुन सक्छ”, उहाँले जोड्नुभयो, “विद्यार्थिहरुको क्षमता पहिचान गरी यसलाई गुणस्तरिय बनाउन सीप\क्षमता को तालिम र परामर्शको जरुरत छ तेसैले नगरपालिकाको तर्फबाट गर्न पर्ने सहयोग र समन्वयको लागि हामि सधै तयार छौँ ।

विद्यार्थिहरुको प्रतिक्रिया अनुसार उनिहेरु यस मेलामा निकै उत्साहित भएको बताएका थिए । बूढानीलकण्ठ मा.वि. कक्षा १० मा अध्ययन गर्ने रेशम लामाले आफ्नो रुचि प्राविधिक क्षेत्र तर्फ रहेको र मेलामा ईन्जिनियरिङ क्षेत्रका प्रतिनिधिहरु सँग परामर्श लिन पाँउदा थप उर्जा मिलेको बताए । हाम्रो संवाददातालाई उनले पाएको पर्चा देखाउँदै इलेक्ट्रिकल इन्जिनियरिङ् का विभिन्न आयाम बारे उनले भर्खरै थाहा पाएको ज्ञान प्रस्तुत गरेका थिए  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *