भारतीय दूतावासद्रारा दोधारा चाँदनी नगरपालिकालाई एम्बुलेन्स सहयोग

काठमाडौं । दोधारा चाँदनी नगरपालिकालाई भारतिय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको छ । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भारतिय राजदुतावासले दिएको एम्बुलेन्स प्राप्त भएको बताएका छन् । नेपाल–भारत मैत्री बिकास साँझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स हस्तान्तरण गरिएको हो । काठमाण्डौंमा भएको उक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई नेपाल स्थित भारतका राजदुत नविन श्रीवास्तावले एम्बुलेन्सको साँचो प्रदान गरेका हुन् । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले एम्बुलेन्स प्राप्त भएको र दोधारा चाँदनी नगर क्षेत्रको स्वास्थ्य सेवामा सहयोग पुग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *