धनगढी बजारका डुबानग्रस्त क्षेत्रमा उपप्रमुख कन्दकला रानासहितको टिमद्रारा निरीक्षण (फोटोफिचर)

धनगढी ! गएरातिको अविरल बर्षाका कारण डुबानमा परेको धनगढी उपमहानगरपालिका वडा न. २ र ३ को डुबानग्रस्त क्षेत्रमा धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाले निरीक्षण गर्नु भएको छ। आज दिउँसो उहाँको नेतृत्वमा नगरका प्रमुख प्रशासकीय अधिकृत राम लाल श्रेष्ठ, सुचना अधिकारी सुरेन्द्र कार्की, न. २ का वडा अध्यक्ष धर्म राज ओझा, वडा न. ३ का वडा अध्यक्ष राज बहादुर ऐर,एमाले कैलालीका युवा नेताहरु कमलसिं राना,विनय शाह ,मनोज राइ सहितको टोलीद्वारा अनुगमन , निरिक्षण गरी समाधानका विषयमा छलफल गर्नु भएको छ। उहाँहरुले डुबानमा परेका जनताको घर घरमा पुगि अनुगमन एवं निरीक्षण गरि समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

धनगढीको यस् क्षेत्रमा बर्सेनि बर्षातमा डुबान हुने गर्दछ। उपप्रमुख राना लगायतको टिमले डुबानको दुर्घकालिन समाधानका लागि विभिन्न उपायहरुका बारेमा छलफल गरेको थियो।                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *