स्वास्थ्य सेवा सबलीकरणका लागि स्वास्थ सामग्री हस्तान्तरण

अत्तरिया -गोदावरी नगरपालिकाको समन्वयमा केएर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको सहयोगमा आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिका स्वास्थ शाखा अन्तरगतका  १६ वटा स्वास्थ सस्थाहरुलाई स्वास्थ सेवा सामग्री हस्तान्तरण गरिएको छ।

स्वास्थ सँस्थाहरुको आवश्यक्ता विश्लेषणका आधारमा कोभिड प्रतिकार्य सँगै स्वास्थ सेवा सबलीकरणका लागि रु ६ लाख ३० हजार ४ सय  रकम बराबरको सामग्री  स्वास्थ शाखासँग समन्वय गरी सहयोग गरिएको परियोजना संयोजक केशव मलाशीले बताए। मलाशीका अनुसार सामग्री सहयोगमा भ्याकसिन क्यारियर २२ थान, कोल्ड बक्स १ थान, सेनिटाईजर ३०० थान, सर्जिकल ग्लोभस ४००० थान, सर्जिकल मास्क ५०० प्याकेट, सेनिटाईजर मेसिन ६ थान, प्याडल डस्टबिन ४८ थान, हात धुने ११२ थान, पीपीई सेट २० थान, हेड क्याप १०० थान रहेका छन।
हस्तान्तरण कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टद्धारा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टलाई प्रदान गरेका थिए। नगर प्रमुख भट्टले स्वास्थ सवेदनशील विषय भएकोले यस क्षेत्रमा सहयोग भएकोमा धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा पनि यस्तै सहकार्य , समन्वय तथा साझेदारीमा कार्य गर्न नगरपालिका सदैव प्रतिबद्ध रहेको कुरा व्यक्त गरे।
सो कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टसँगै नगर प्रवक्ता तथा वडाअध्यक्ष गोपालदत्त भट्ट, स्वास्थ शाखा सि. अनमी शान्ति बलमपाकी, परियोजना सँयोजक केशव मलाशी,  स्वास्थ प्राविधिक रितु बस्नेत, पुजा भट्ट लगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *