गोदावरी – ७ मा कल्भर्ट बगाएपछि नगरपालिकाको टिम पुग्यो जोखिम क्षेत्रमा

अत्तरिया –गोदावरी नगरपालिका वडा न. ७ स्थित  २० मिटरको खोलामा ४ मिटरको कल्भर्ट निर्माण गरिएपछी डुबानको जोखिम बढेको छ ।

शान्तिटोल र श्रीलंका टोलको बिचमा पर्ने शिवराजको खोलामा १३ लाखको साँघुरो कल्भर्ट निर्माण भएपछि डुबानको जोखिम बढेको हो ।
शुक्रबार राती पहाडी जिल्लाहरुमा बर्षा भएपछि शिवराजको खोलामा बढेको पानीको सतहले  ४ मिटर लम्बाईको साँघुरो कल्भर्ट खोलामा आएको बाढीले बगाएको छ । त्यसपछि  बस्तीमा पसेको पानीले खाद्यान्न, लुगाकपडा सँगै अन्य क्षति गरेको स्थानियले बताएका छन् ।

यसै बिच वडा नम्बर ७ की वडा अध्यक्ष कलावती साउँद , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार लगाएर नगरपालिकाको प्राविधिक टिम उक्त ठाउँमा पुगेको छ । स्थानियले कल्भर्टको पुन: निर्माण गर्नुपर्ने आवाज उठाएपछि उनीहरु त्यहाँ पुगेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *