हैजाका कारण ललितपुर महानगरले लगायो पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध

ललितपुर ! ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपटे विक्री वितरण गर्न रोक लगाउने भएको छ।
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।
पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।

‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं’, नगर प्रहरी प्रमुख सीताराम हाथेछुले भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुन्छ।’
पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको उनले बताए।
यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *