कावासोती नगरपालिकाको अगामी बर्षको बजेट १ अर्व १३ करोड ९४ लाख, ८८ हजार

नवलपरासी ! कावासोती नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को कुल अनुमानित बजेट रु १ अर्व १३ करोड ९४ लाख, ८८ हजार बजेट विनियोजन गरेको छ।

सशर्त अनुदानसहित चालुतर्फ २० करोड,९७ लाख ९३ हजार, पुँजीगततर्फ ३३ करोड ९८ लाख २० हजार, सशर्त अनुदानतर्फ ५१ करोड ९८ लाख, वडा स्तरीय योजनाको लागि ११ करोड १६ लाख, नगर स्तरीय योजनाको लागि २२ करोड ७३ लाख २० हजार, शिक्षा,स्वास्थ्य,महिला, बालबालिका, पोषण,सामाजिक सुरक्षातर्फ रु. ३ करोड ९३ लाख ४० हजार,नगरस्तरीय योजना सामाजिकतर्फ रु. ६४ लाख रहेको छ।

उक्त बजेट नगरको ११ औं नगरसभामा उपमेयर फुलकुमारी थनेतले प्रस्तुत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *