गोदावरी बजेट : मालाखेती अस्पताललाई सर्पदंस उपचार केन्द्रको रुपमा विस्तार गरिने

अत्तरिया –कैलालीको मालाखेती अस्पताललाइ विशेषज्ञ सेवा सहितको सर्पदंस उपचार केन्द्रको रुपमा विस्तार गरिने भएको छ । गोदावरी नगरपालीले आठौं नगर सभा तथा  आर्थिक वर्ष २०७९- ८० को निती तथा कार्यक्रममा नगरप्रमुख विरेन्द्र भट्टले मालाखेति अस्पताललाइ विशेषज्ञ सेवा सहित सुध्रिढीकरण तथा सर्पदन्स उपचार केन्द्रको रुपमा बिकास गररिने बताए ।

यस्तै नेपाल रेडक्रस शाखा , अत्तरीयामा ब्लड वैंक स्थापनाको सरुवात गरिने, आयुर्वेद लगायतका स्वास्थ्य पद्दतीको संरक्षण, प्रवर्द्धन तथा विस्तार गरिने,  शुन्य होम डेलिभरी को निती ल्याउने, आमा र बच्चाको लागी वर्थिङ्ग सेन्टरको सेवा विस्तार गरिने र स्वास्थ्यमा सर्व व्यापी पहुँचको अवधारण अनुरुप उपचारात्मक सेवालाइ विकास गर्न ग्रामिण अल्टासाउण्ड कार्यक्रम लागु गरिने स्वास्थ्य नितीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *