गोदावरी नगरपालिकाद्वारा १ अर्ब २५ करोड ८ लाख ५० हजार बजेट प्रक्षेपण

अत्तरिया –गोदावरी नगरपालिका ले आगामी आर्थिक बर्ष २०७८ -७९ को लागी १ अर्ब २५ करोड ८ लाख ५० हजार बजेट प्रक्षेपण गरेको छ ।

शुक्रबार नगरप्रमुख बिरेन्द्र भट्टले आठौँ नगरसभामा उक्त बजेट प्रस्ताब गरेका छन । उनले उक्त बजेट प्राप्तीको लागी नेपाल सरकारबाट प्राप्त हुने संघिय बित्तिय समानीकरण बाट २१ करोड ४४ लाख,संघिय राजस्व बाँडफाँडबाट १७ करोड ३६ लाख ८९ हजार ,संघिय सशर्त अनुदानबाट ३७ करोड ५ लाख प्राप्त हुने बताएका छन ।

यस्तै संघिय बिशेष अनुदानबाट २ करोड ,संघिय समपुरक अनुदानबाट १ करोड ४० लाख,प्रदेश बित्तिय समानिकरणबाट १ करोड ६० लाख १० हजार,प्रदेश राजस्व बाँडफाँडबाट ५९ लाख ४९ हजार, स्थानिय राजस्वबाट ६ करोड ९ लाख ९५ हजार ५ सय ,आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार ५ सय र संच्चित कोषबाट २६ करोड प्राप्त हुने बजेट मा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *