गोदावरी नगरपालिकाले अत्तरिया चोकमा डिजिटल बोर्ड सहितको टावर लाइट जडान गर्ने

अत्तरिया – गोदावरी नगरपालिकाले अत्तरिया चोकमा रहेको बिज्ञापन बोर्डलाई स्थानान्तरण गर्ने भएको छ । उक्त ठाउँमा डिजिटल बोर्ड सहितको टावर लाइट जडान गर्ने नगरपालिकाले निती लिएको छ ।

नगरप्रमुख बिरेन्द्र भट्टले शुक्रबार आगामी आर्थिक बर्षको लागी निती तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन ।

यस्तै नगरपालिकाले वडा नम्बर १ को उपयुक्त स्थानमा सिटी हल निर्माणको लागी अध्यन गर्ने जनाएको छ । नगरपालिकाले सार्बजनिक गरेको पूर्बाधार बिकास क्षेत्र कार्यक्रममा उल्लेख भए अनुसार वडा नम्बर ३ मा रंगशाला निर्माणको लागी संघिय तथा प्रदेश सरकार सँग सहकार्य गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *