गोदावरी नगरपालिकाको आठौं नगर सभा शुरु

अत्तरिया – गोदावरी नगरपालिकाको आठौं नगर सभा शुरु भएको छ । अत्तरियाको नमस्ते होटेलको हलमा नगरसभाको खुल्ला सत्र  शुरु भएको हो । सभाको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराले उदघाटन गरेका हुन्।

नगर सभाको सभापतित्व नगर प्रमुख बिरेन्द्र भट्टले गरेका छन् । कार्यक्रमको संचालन वडा नम्बर १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले गरेका छन्  भने स्वागत मन्तव्य वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्काले राखे  ।

कार्यक्रम मा  वडाका अध्यक्ष , कार्यपालिका का सदस्य , विभिन्न संघ संस्था का प्रतिनिधिहरु को सहभागीता रहेको छ । नगर सभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउने छ भने बन्द सत्रले बजेट पारित गर्नेछ । बन्द सत्र पनि आज नै शुरु हुने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *