गोदावरी नगरपालिकाले लगायो नदिजन्य पदार्थ उत्खनन र संकलनमा रोक

अत्तरिया ! कैलालीको  गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ ।

नगरपालिकाले मंगलबार  एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो ।नगरपालिकाले नेपाल सरकारको निणर्यानुसार बिगत बर्षहरु झै यस बर्ष पनि आषाढ, श्रावण र भाद्र महिनाभरी यस नगरपालिका क्षेत्रमा रहेको नदी, खोलाहरुबाट नदीजन्य सामाग्रीहरु जस्तै ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन तथा संकलन कार्य बन्द गरिएको सूचनामा मार्फत जनाएको छ ।

यदी कसैले नेपाल सरकारको उक्त निणर्यहरुको बर्खिलाप भएको पाइएमा नियमानुसार दण्ड, जरिवाना गरिने सुचना मा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *