उपमेयर लामाको उद्घोष : बुढानिलकण्ठलाई सांस्कृतिक नगरको रुपमा चिनाउँछौ

काठमाडौं! बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नगरको स्थानीय सांस्कृतिक पाटोहरुको विकास र संरक्षणमा सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
साहित्य,कला,सामाजिक सेवा एवं राजनीतिक आन्दोलन हुदै हालै नगरको उप–प्रमुखमा निर्वाचित हुनुभएका लामाले कला संस्कृतिको पाटोलाई आफूले नजिकबाट हेरेको स्पष्ट पार्नुभयो । मंगलवार कला,साहित्य र संस्कृतिको अभियान ‘जेसुम अभियान’ टोलीसँगको भेटमा उहाँले भन्नुभयो–‘यो नगरमा प्रवद्र्धन गर्नुपर्ने सांस्कृतिक सम्पदा,सांस्कृतिक विविधतापूर्ण आयामहरु धेरै छन्,यसप्रति हाम्रो टिम प्रतिवद्ध छौं ।’
सांस्कृतिक पाटोको प्रवद्र्धनले नै नगरले आफ्नो थप पहिचान निर्माण गर्ने र यो समृद्धिको एउटा महत्वपूर्ण अंग रहेको उहाँको भनाई छ । कला क्षेत्रको विकास,संरक्षणका लागि नगरले महत्वपूर्ण विभागीय अंग बनाउने विषय निर्वाचनको घोषणा पत्रमै उल्लेख गरेको जनाउनुहुदै उपप्रमुख लामाले आर्थिक वर्ष २०७९÷०८० को नीति,कार्यक्रम र बजेटबाट नै सम्बोधनको तयारी भईरहेको जानकारी दिनुभयो ।
नगरका प्रमुख मिठाराम अधिकारीको पृष्ठभुमि समेत साहित्य कला क्षेत्रसँग गाँसिएको स्पष्ट पार्नुहुदै उहाँले यो क्षेत्रमा नगरले महत्वपूर्ण उपलब्धी हाँसील गर्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख अधिकारीले जेसुम टोलीसँगको भेटले हौसला मिलेको बताउनुभयो । सबै तहको सहकार्यबाट नै बुढानीलकण्ठ नगरले समृद्धिको रुप पाउने नगरप्रमुख अधिकारीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *