गोदावरी नगरभित्र अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री हस्तान्तरण

कैलाली– गोदावरी नगरपालिका भित्र रहेका १ दखी १२ नम्वर वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ ।

नगर स्तरीय अपाङ्गकार्य संञ्जालद्वारा अपाङ्गता सहायक सामाग्री उपभोक्ता समितिको आयोजनामा वितरण गरिएको कार्यक्रममा गोदावरी नगरपालिका अत्तरिया कैलालीको आर्थिक सहयोग रहेको छ ।
उक्त सामाग्री गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा रोकायाले हस्तान्तरण गरेकी हुन । उनले  अपाङ्गता भएका बालबालीकाहरुको व्यवस्थापनका लागि नगरपालिकाको सधै सहकार्य भइ नै रहने बताइन । उनले अपाङ्गता क्षेत्रमा अझ बढी बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन ।
नगरपालिका भित्र रहेका १ देखी १२ नम्वर वडाका अपाङ्गता भएका व्यक्तिहरुका लागि व्हीलचेयर १० जनालाई, सेतोछडी ६ जनालाई, ट्वाइलेट सेट ३ जनालाई, वाकर ३ जनालाई, बैशाखी १३ जनालाई हेड एयरफोन २ जनालई, कृतिम हात १ जनालाई र कृतिम खुट्टा ३ जनालाई गरी ४१ जनालाई वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *