कैलालीको गोदावरी नगर कार्यपालिकाले पायो पूर्णता

अत्तरिया –गोदावरी कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकामा काँग्रेसको पूर्ण बहुमत रहेको छ । कार्यपालिकामा मेयर उपमेयर सहित २२ जना रहेका छन । मेयरमा काँग्रेसको तर्फबाट निर्बाचित बिरेन्द्र भट्ट सहित काँग्रेस कै ८ जना वडा अध्यक्ष रहेका छन ।

यस्तै एमालेको तर्फबाट उपमेयर सहित ४ जना वडा अध्यक्ष रहेका छन । यस्तै कार्यपालिकाको निर्बाचनबाट काँग्रेस कै इस्वरा नेपाली,बसन्ती देबी थरुनी,शारदा देबी भट्ट, डम्मरी शाहु,र ईस्वरी रावल निर्बाचित भएका छन ।

काँग्रेसबाट नै महादेब कामी, चन्द्रा देबी भुल र धनी कामी पनि कार्यपालिकामा निर्बाचित भएका छन । उनिहरुले आज नै सपथ लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *