वृद्धभत्ता जनताको घरघरमै पुर्याउने दोधाराचाँदनी नगर कार्यपालिका बैठकको निर्णय

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको नगर कार्यपालिका बैठकले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) घरघरमै गएर वितरण गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्यपालिकाको पहिलो बैठकमै वृद्धवृद्धाको सुविधालाई मध्यनजर गर्दै वृद्धभत्ता घरघरमा वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले नवनिर्मित भवनको अन्तिम भुक्तानी रोक्का गर्दै भवन निर्माणमा भएको अनियमितता छानबिन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले गर्भवती महिलालाई महाकाली प्रादेशिक अस्पतालसम्म ल्याउने/पुर्‍याउने र वडामै अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच सुविधा दिने निर्णय समेत गरेको छ ।
बैठकले १० वटै वडा कार्यालय भवन निर्माण गर्ने र त्यसका लागि केन्द्र र प्रदेशमा बजेट माग गर्ने तथा वडा स्तरबाट योजना तर्जुमा गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित मेयर किशोर लिम्बुको अध्यक्षतामा बसेको बैठकमा कार्यपालिका सदस्यहरूको सहभागिता थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *