कृष्णपुर नगरपालिका-०१ मा जग्गा नाप जाँचका लागि जिपिएस प्वाइन्ट राख्ने कामको सुरुवात

कञ्चनपुर: कृष्णपुर नगरपालिका १ मा अव्यवस्थीत बसोवासीलाई जग्गा उपलव्ध गराउनका लागि जिपिएस प्वाइन्ट राख्ने कार्य आज देखि शुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोगको नगरपालिका कार्यालयमा स्थापना गरिएको इकाई कार्यालयका प्रमुख प्रेम बोगटीका अनुसार १६ हजार भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोवासीलाई जग्गा उपलव्ध गराउन लगत संकलन गरिएको छ । लगत संकलन गरिएका मध्ये आठ हजार जनाको कम्प्युटरमा लगत इन्ट्रि कार्य सकिएको छ ।

 

बाँकी रहेका लगत कम्प्युटरमा इन्ट्रि गर्नका लागि पाँच जना प्राविधिकको टोलीलाई खटाईएको छ । लगत कम्प्युटरमा राख्ने कार्य संगै वडा नं ४ मा जग्गा नाप जाँचको कार्य अगाडी बढाईएको छ । “वडा नं १ मा जिपिएस प्वाइन्ट राख्ने कार्य आज देखि शुरु गरेका छौं” इकाई कार्यालय प्रमुख बोगटीले भने“आठ जना प्राविधिकको टोली जग्गा नाप जाँच र जिपिएस प्वाइन्ट राख्ने कार्यमा संलग्न रहेको छ । अरु वडामा समेत क्रमसः कार्य अगाडी बढाउदै लैजाने योजना छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *