कंचनपुरको बेदकोट नगरपालिकालाई `साक्षर बेदकोट´नगरपालिका घोषणा

  1. कंचनपुर ! बेदकोट नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । मंगलबार वडा नं.–३ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच साक्षर नगर घोषणा गरिएको हो ।

९५ प्रतिशत नागरिक साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । ‘गतवर्ष नै साक्षर नगर घोषणा गर्ने योजना थियो,’ उनले भने, ‘कोरोनाका करणले घोषणा गर्न सकेनौं, सबै सूचकांक पूरा भएपछि आज साक्षर नगर घोषणा गरेका छौं ।’

नागरिकहरुलाई साक्षर बनाउने अभियान निरन्तर चलाइने उनले बताए । ‘अझै साढे ४ प्रतिशत नागरिक निरक्षर छन्, उनीहरूको पहिचान गरेर साक्षर बनाउनुपर्छ,’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘त्यो गरेपछि हाम्रो नगर पूर्ण साक्षर बन्छ ।’

साक्षर नगर घोषणा गर्ने कञ्चनपुरकै पहिलो नगरपालिका हो, बेदकोट । यसअघि लालझाडी र बेलडाँडी गाउँपालिका साक्षर घोषणा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपक कलौनीले बताए । ‘बेदकोटबाट अन्य नगरपालिकाले सिक्नु जरुरी छ,’ उनले भने, ‘यहाँबाट  सिकेर अन्य नगरपालिकाले पनि आफ्नो नगरलाई साक्षर बनाउन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *