गौरीगंगा नगरपालिकामा जग्गा नापजाँच र नक्सा गर्ने कार्यको सुरुवात

कैलाली ! कैलालीको गौरीगगा नगरपालिकामा अव्यवस्थित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्य सुरु भएको छ । भुमि सम्वन्धी समस्या समाधान आयोग लगत संकलन इकाईको आयोजनामा कैलालीको गौरीगगा नगरपालिकामा जग्गा नाप नक्सा गर्ने कार्य सुरु भएको हो ।

आईतबार नगरपालिकाको वडा नम्बर १ स्थित सम्झानापुर शिबिरबाट जग्गा नाप नक्सा गर्ने कार्य सुरु भएको नगरपालिकाले जनाएको छ । नगरपालीकाका प्रमुख भीम बहादुर देउवा र उपप्रमुख अन्चला चौधरीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो क्रममा नगरपालीकाका प्रमुख देउवाले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए । उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर नगरपालिकाले निस्सा दिएको बताए ।

त्यस्तै, नगरपालिकाका उपप्रमुख चौधरीले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताइन् । उनले जग्गाको लालपूर्जा पाउनका लागि १० वर्षदेखि भोगचलन गरेको हुनु पर्ने र वडा कार्यालयमा कर बुझाइएको हुनु पर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *