घोडाघोडी नगरपालिका र चलचित्र विकास बोर्डबीच `प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण´का लागि सम्झौता

कैलाली । चलचित्र छायांकन र सम्पादनका लागि कैलालीको घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने भएको छ । गत मंगलबार छायांकन स्थल निर्माणका लागि घोडाघोडी नगरपालिकामा नै चलचित्र विकास बोर्ड र घोडाघोडी नगरपालिकाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा बोर्डका अध्यक्ष दयाराम दाहाल र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको छ ।पहिलो पटक सुदूरपश्चिम प्रदेशमा चलचित्र छायांकन स्थलको विकास प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण गरिने भएको हो मेयर ममताप्रसाद चौधरीले बताउनु भयो ।

‘सुदूरपश्चिम प्रदेशमै पहिलोपटक  प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने भएको छ’ घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो, ‘यो घोडाघोडी नगरपालिकाको लागि ठुलो  उपलब्धि हो!हामीले हाम्रो संस्कृति,सम्पदा र प्रकृतिलाई एकैपटक यसका माध्यमबाट देश दुनियाँलाई देखाउदैछौ। यो हाम्रो लागि मात्र नभै सिङ्गो सुदुरपश्चिमका लागि गौरवको बिसय हो।’

ओली सरकारले गत आर्थिक वर्षमा सातै प्रदेशमा छायांकन स्थल पहिचान गर्न कार्यक्रमका साथै बजेटको सुनिस्चितता गरेको थियो । सोही आधारमा सुदुरपश्चिमको लागि गत वर्ष नै कैलालीको घोडाघोडी– २ मा चलचित्र छायांकन स्थल छनोट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *