कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट बन्यो भिमदत्त नगरपालिका

काठमाडौ ! प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबैभन्दा बढी अंक ल्याएको छ । सात सय ५३ स्थानीयतह मध्ये धेरै अंक ल्याउनेमा भीमदत्त नगरपालिका पनि परेको छ । भीमदत्त नगरपालिकाले ७६ दशमलव ३८ अंक ल्याएको छ । त्यसैगरी डडेलधुराको अजयमेरु गाउँपालिकाले ७८ दशमलव ६९ अंक प्राप्त गरेको छ । कैलालीको कैलारी गाउँपालिकाले ७६ दशमलव ४९ अंक प्राप्त गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो ।
कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *