ओली सरकारले गर्‍यो एतिहासिक निर्णय : मुख्यसचिवमा पहिलोपटक महिलालाई नियुक्ति

काठमाडौँ- सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिव नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद् बैठकले कायम मुकायम मुख्य सचिव लिलादेवी गडतौलालाई मुख्यचिव नियुक्त गर्न निर्णय गरेको हो ।

यो सँगै गड्तौला नेपालको निजामती प्रशासनको उच्च नेतृत्वमा पुग्ने पहिलो महिला मख्य सचिव बन्नु भएको छ ।