अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन पहल गरिदिन मुख्यसचिव अर्याललाई आग्रह

काठमाडौं !नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसंगको भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने बताएका हुन्।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई वधाइ दिदैं विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताए।

यसैगरि अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउनुहुंदै यसको संसोधनका लागि पहल गर्न पनि मुख्य सचिव डा. अर्याल समक्ष आग्रह गरे।

महासंघले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिए । यस बिषयमा मुख्य सचिवले गृह मन्त्रालयसंग समन्वय गर्ने पनि बताए।

यसैगरि जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरि व्यवस्था गर्नुपर्ने सुुझाव अध्यक्षले राखे। भेटका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए।

महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यवसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *