बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौं ! बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। उनलाई आज सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो। शंकरदास बैरागीलाई राजीनामा दिन लगाएर अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको हो।

शंकर बैरागीलाई मन्त्रीस्तरीय सुविधा दिनेगरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएकाे छ । अर्याल २ असारमा अनिवार्य अवकाश पाउँदै थिए । तर त्यसअघि नै उनलाई सरकारले मुख्यसचिव बनाएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *