बागमतीका मुख्यमन्त्री लामाको शपथ आज

काठमाडौं ! बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १३ मन्त्रीको शपथ ग्रहण आज (बुधबार) हुँदैछ।

मंगलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामाको शपथ आज हुन लागेको हो। यससँगै एमालेका र कांग्रेसबाट १३ सदस्य मन्त्रिपरिषद् समेत आजै गठन हुने छ।