बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका बहादुर सिंह लामा नियुक्त

काठमाडौं ! बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्ति गर्नुभएको हो ।

लामाले आजै मुख्यमन्त्रीको लागि नेकपा एमालेका २७ र नेपाली काँग्रेसमा ३७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेश गर्नुभएको थियो ।

संघीयता कार्यान्वयनपछि नेपाली काँग्रेसले पहिलो पटक बागमतीमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथ भोलि बुधबार बिहान ११ बजेर ११ मिनेटमा हुने तय भएको छ ।

मुख्यमन्त्री लामा तामाङ समुदायबाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति बन्नुभएको छ ।