कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे । उनको विपक्षमा भने शून्य मत परेको थियो ।
प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो भने प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।
कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए ।