गण्डकीमा मन्त्रीमण्डल गठन,चुमान र मनाङे बने मन्त्री

कास्की ! गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले  सानो आकारको मन्त्रीपरिषद् गठन गर्नु भएको छ ।

मुख्यमन्त्रीको पद तथा गोपनीयताका शपथ लिएसँगै मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाउनु भएको हो ।

नव नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिएको छैन । मन्त्री चुमान र मनाङेले शपथ लिनु भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आज बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।