लुम्बिनीमा मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए सपथ

दाङ- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले पद तथा गोपनियताको शपथ लिनु भएको छ । शनिबार नियुक्त हुनु भएका महराले आज प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

सपथपछि मुख्यमन्त्री महराले आजै ३ जनालाइ मन्त्री बनाएर सरकार विस्तार पनि गर्नु भएको छ । एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बन्नु भएको छ ।

तीन जना मन्त्रीले शपथ आजै प्रदेश प्रमुखवाट सपथ लिनु भयो । मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ ।

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।।