सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुझाए राजिनामा

काठमाडौं ! सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।

प्रदेश सभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्रीले बहुमत जुटाउन सक्षम नभएपछि राजीनामा दिएका छन् । उनको राजिनामापछि अब सत्ता गठबन्धनले आफ्नो साझा उम्मेदवारलाई मुख्यमन्त्रीको रुपमा अघि सार्नेछ।