मधेशमा मन्त्रीपरिषद पुनर्गठन: काङ्ग्रेस आउट,एमाले सरकारमा इन

धनुषा- मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको छ । संघ बनेको नयाँ सत्ता समिकरण अनुसार नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्दै उहाँले एमालेलाई मधेस सरकारमा सहभागी गराएर मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो ।

नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले कार्यभार सम्हालेको केही घण्टा नबित्दै मुख्यमन्त्री यादवले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्नु भएको हो । कांग्रेसी मन्त्रीहरुको बर्खास्ती संगै नेकपा एमालेलाई सरकारमा सहभागी गराइएको छ ।सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा एमाले मधेस सरकारमा सहभागी गराइएको हो ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सहितको गठबन्धन बनेपछि एमालेका नेता यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ ।